कुलमानविरुद्धको मुद्दामा मन्त्रिपरिषद् निर्णयको मिसिल झिकाउन आदेश

मंगलबार, ८ भदौ, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुलमान घिसिङको नियुक्तिविरुद्धको रिटमा मन्त्रिपरिषद् निर्णयको मिसिल झिकाउने आदेश दिएको छ। यसअघिका सिइओ हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो।

शाक्यको रिटमा आफूलाई हटाएको जानकारीसमेत नदिई घिसिङलाई नियुक्त गर्नु असंवैधानिक भएको उल्लेख गरिएको छ। शाक्यले आफूलाई चार वर्षका लागि नियुक्त गरिए पनि समयअगावै हटाइएको जिकिर गरेका छन्। रिटमा मन्त्रिपरिषद्को निर्णय खारेज गरी पुनर्नियुक्त गर्न अन्तरिम आदेश माग गरिएको थियो।

सुझावित समाचार