‘हामी विभाजन रोक्ने अभियानमा छौँ, रोक्छौँ’

बुधबार, २ भदौ, २०७८
डिजिटल संस्करण

एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अहिले पनि पार्टी विभाजन रोक्नका लागि अन्तिम प्रयास गरिरहेको बताएका छन्। वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताका लागि अन्तिम तयारी गरिरहेका वेला त्यही समूहका केन्द्रीय सदस्य गैरेले विभाजन रोक्ने बताएका हुन् ।

‘एकता जोगाउनका लागि हाम्रो अभियान जारी छ । हामी विभाजन रोक्न लागिरहेका छौँ, रोक्छौँ र रोकिन्छ,’  गैरेले नयाँ पत्रिकासँग भने ।

भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र गैरेसहित नेपाल समूहमा रहेका ३० भन्दा बढी केन्द्रीय सदस्य नयाँ पार्टी दर्ताको तयारी रोकेर अझै एकताकै लागि प्रयास गर्नुपर्ने पक्षमा उभिएका छन् । नेपाल समूहमा ८८ जना केन्द्रीय सदस्य छन् । तर, गैरेले पार्टी दर्ता प्रक्रिया अगाडि बढ्दासम्म नेपाल समूहका बहुमत केन्द्रीय सदस्य विभाजनको विपक्षमा उभिने दाबीसमेत गरे । 

गैरेसहित यज्ञराज सुनुवार, सुरेन्द्र मानन्धर, नीरज आचार्यसहितका केन्द्रीय सदस्यले चार दिनदेखि एकताका लागि दबाब अभियान चलाउँदै आएका थिए ।

सुझावित समाचार