प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले कमजोर नबनी विनम्र बनेर नागरिकको सेवा गर्न प्रदेश १ का प्रहरी प्रमुखहरूलाई निर्देशन दिएका छन् । बुधबार विराटनगरस्थित प्रदेश १ प्रहरी मुख्यालयमा आयोजित १४ जिल्लाका प्रहरी प्रमुखहरूलाई महानिरीक्षक थापाले विनम्र बनेर नागरिकको सेवा गर्न, तर कमजोर नबन्न निर्देशन दिएका हुन् ।
उनले प्रहरी कर्मचारीहरूको आचारसंहितासम्बन्धी कार्यादेश, २०७७ को अक्षरशः पालना गर्दै नागरिकमैत्री अवधारणाअनुसार सबै क्षेत्रका व्यक्तित्वहरूसँग समन्वय गरेर सहज रूपमा निष्पक्ष सेवा दिन जिल्ला प्रहरी प्रमुखहरूलाई आग्रह गरे ।
सेवा प्रदान गर्दा शून्य सहनशीलता पालना गर्दै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न र अनुसन्धान पद्धतिलाई प्रविधिको सहयोगमा प्रमाणमा आधारित बनाएर परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । फरार अभियुक्तहरूको खोजी र पुराना अपराध अनुसन्धानलाई प्राथमिकतामा राखेर फर्स्याेट गराउन आइजिपी थापाले निर्देश गरे