एमालेको विधान महाधिवेशनका लागि चार समिति गठन (नामावलीसहित)

सोमबार, २५ साउन, २०७८
डिजिटल संस्करण

एमालेको केन्द्रीय कमिटी बैठकले आगामी भदौ २७–२८ को विधान महाधिवेशनका लागि चार समिति गठन गरेको छ । महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको चार समितिका संयोजक र सदस्यको नाम बैठकले अनुमोदन गरेको हो । समितिले तयार पारेको प्रतिवेदन केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान महाधिवेशनमा पेस गरिनेछ ।

राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा अध्यक्ष केपी ओली, संगठनात्मक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा महासचिव ईश्वर पोखरेल, विधान संशोधन मस्यौदा समितिको संयोजकमा उपमहासचिव विष्णु पौडेल र व्यवस्थापन समितिको संयोजकमा स्थायी कमिटी सदस्य रामबहादुर थापा रहनेछन् । 

राजनीतिक प्रतिवेदन मस्यौदा समितिका सदस्यमा वामदेव गौतम, रामबहादुर थापा, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल र विन्दा पाण्डे रहनेछन् । 

संगठनात्मक प्रतिवेदन मस्यौदा समितिको सदस्यमा विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ र पद्मा अर्याल रहनेछन् । 

विधान संशोधन मस्यौदा समितिको सदस्यमा सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल र प्रभु साह रहनेछन् । 
व्यवस्थापन समितिको सदस्यमा मणि थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत र पासाङ शेर्पा रहनेछन् ।

सुझावित समाचार