कालीगण्डकी डाइभर्सनबारेको मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

बिहिबार, २१ साउन, २०७८
डिजिटल संस्करण

कालीगण्डकी डाइभर्सनबारे न्यायाधीशको राय बाझिएको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ तोकिएको छ। इजलासमा न्यायाधीश आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार श्रेष्ठ रहेका छन्। 

यसअघि न्यायाधीश प्रकाशमानसिंह राउत र हरि फुँयालको इजलासमा सुनुवाइ भएको थियो। आदेशका क्रममा न्यायाधीशको राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा परेको हो। 

रिटमा कालीगण्डकीलाई तिनाउ नदीमा डाइभर्सन गर्ने परियोजना रोक्न माग गरिएको छ। अधिवक्ता तुलसीराम पोखरेल, अधिवक्ता सन्तोष भण्डारीलगायतले यसविरुद्ध रिट दर्ता गराएका थिए।
 

सुझावित समाचार