शिक्षक सेवा आयोगमा १० महिनापछि पदाधिकारी नियुक्त

बुधबार, २० साउन, २०७८
डिजिटल संस्करण

शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव मधु रेग्मी नियुक्त भएका छन् । सदस्यमा डा. डिल्ली रिमाल र नन्दकुमारी महर्जन नियुक्त भएका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले १० महिनापछि आयोगका पदाधिकारी नियुक्त गरेको हो । 

गत असोजदेखि आयोगमा पदाधिकारी रिक्त भएको थियो । खुला प्रतिस्पर्धाबाट छनोट भए पनि अघिल्लो सरकारले लामो समयसम्म नियुक्तिको निर्णय गरेको थिएन ।

सरकारले गठन गरेको छनोट समितिले गत पुस तेस्रो साता सिफारिस गरेको थियो । अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीको समयमा छनोट भएका पदाधिकारीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको हो । 

सुझावित समाचार