सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन कार्यदल बैठक बस्दै

बुधबार, २० साउन, २०७८
डिजिटल संस्करण

सरकारको न्यूनतम साझा कार्यक्रमलाई पारित गर्न सत्तागठबन्धनको  कार्यदलको बैठक बुधबार बिहान पनि  बस्दै छ ।

गठबन्धनले सरकारका ११बुँदे प्राथमिकता र मन्त्रीहरूको १४बुँदे आचारसंहिता पनि बनाएको छ । यद्यपि, बुधबार शीर्ष नेताहरूसँगको परामर्शपछि मात्रै साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रूप दिई सार्वजनिक गर्ने गठबन्धनको तयारी छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले बनाएको संयुक्त सरकारका नीति र कार्यक्रममा कोभिड– १९ बाट उत्पन्न विपत्तिबाट मुक्ति, राष्ट्रिय हितको संवर्द्धन तथा संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण विषय राखिएको छ ।

यसबाहेक शान्तिसुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्तिप्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रूपान्तरण, तात्कालिक राहत, पुनर्निर्माण र पुनर्स्थापन, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्ध पनि कार्यक्रममा छ । 

सुझावित समाचार