एमाले स्थायी कमिटी बैठक स्थगित

आइतबार, २७ असार, २०७८
डिजिटल संस्करण

सत्तारुढ एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार अपराह्न ४ बजे बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

कार्यदल बैठक लम्बिएकाले स्थायी कमिटी बैठक सरेको उनले बताए । कार्यदलको सहमति स्थायी कमिटीबाट अनुमोदन गर्ने अध्यक्ष केपी ओलीको तयारी थियो ।

बैठकमा माधवकुमार नेपाल पक्ष र एमालेमा प्रवेश गरेका पूर्वमाओवादीका नेतालाई पनि आमन्त्रण गरिएको थियो । नेपाल पक्षले भने सहमतिविनाको बैठकको औचित्य नभएको बताएको थियो ।
 

सुझावित समाचार