सहसचिवद्वय मधुसुधन बुर्लाकोटी र सुशीलचन्द्र तिवारी सचिवमा बढुवा भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुर्लाकोटी र तिवारीलाई सचिवमा बढुवा गरेको हो ।
बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा प्रवक्ता थिए भने तिवारी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव । यसअघि गत बिहीबारको मन्त्रिपरिषद् बैठकले बढुवा गरेका चारसचिवको पदस्थापन भइसकेको छ ।