सुडानमा नेपाली शान्ति सैनिकलाई राष्ट्रसंघका महासचिवको कदरपत्र

बिहिबार, २० जेठ, २०७८
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले दक्षिण सुडानमा जातीय हिंसा रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली सैनिक अधिकृतलाई प्रशंसापत्र पठाएका छन् । शान्ति स्थापक नेपाली सेनाका प्लाटुन कमान्डर क्याप्टेन विज्ञान विष्टलाई महासचिवले उच्च प्रशंसासहित कदरपत्र पठाएका हुन् । 

विष्ट दक्षिण सुडानमा खटिका कालीध्वज गणका दशौँ डफ्फाका सहसेनानी हुन् । गत १० मंसिरमा द्वन्द्वरत दुई जातिका हतियारधारी समूहबीच उत्पन्न जातीय हिंसात्मक झडप भएका वेला नियन्त्रणका लागि कुइबेटनजिकको अस्थायी अपरेसन बेसबाट विष्टको नेतृत्वमा नेपाली शान्ति सैनिक परिचालित भएको थियो । तनावग्रस्त इलाकामा सैनिक परिचालन भएको थियो र दुई पक्षको बीचमा बसेर सेनाले ठूलो जनधनको क्षति हुनबाट जोगाएको थियो । जातीय हिंसात्मक झडप हुन नदिन छोटो समयमा लिएको अदम्य साहस र पहलताका कारण सम्भावित ठूलो जातीय हिंसालाई रोक्न सफल भएकोमा उक्त कार्यको कदरस्वरूप विष्टलाई महासचिव गुटेरसले कदरपत्र पठाएका हुन् । 

जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको दक्षिण सुडानमा त्यस्ता घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरूले पु¥याएको योगदानलाई संयुक्त राष्ट्रसंघबाट उच्च प्रशंसा भएको नेपाली सेनाले जनाएको छ । 
 

सुझावित समाचार