प्रतिनिधिसभाको रक्षाका लागि उपधारा ५ बमोजिम मैले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेको हुँ : ओली

शुक्रबार, १४ जेठ, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको रक्षाका लागि उपधारा ५ बमोजिम आफूले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेको बताएका छन् । आफूले दाबी प्रस्ताव गर्दासम्म एमालेको एक सय २१ र जसपाको ३२ जनाकाे समर्थन देखिएको दाबी गरे । उनले बीचमा  जे–जस्ता घटनाक्रम देखियो त्यसले धेरै पछिसम्म राजनीतिलाई प्रदूषित बनाउने बताए । 

 उनले सर्वाेच्च अदालतको ११ फागुनको फैसलापछि  त्यसका सबै प्रक्रिया पूरा गरेर प्रतिनिधिसभा विघटन भएपछि जे–जस्ता विकृत गतिविधि देखिएका छन्, त्यो विडम्बनापूर्ण भएको दाबी गरे ।

सत्ताकै लागि अन्य पार्टी विभाजन गर्नु र सफल भएको भ्रम पाल्नु आत्मरति मात्र हो भन्दै ओली यस्तो विकृतिलाई वैधता दिन भइरहेका गतिविधि सामान्य नभएको बताए ।

विकृति झाँगिएर लोकतान्त्रिक गणतन्त्र नै जोखिममा पर्ला कि भन्ने डर बढ्दै गएको उनले बताए । ताजा जनादेशमा जानु प्रतिगमन नभएको भन्दै ओलीले जनताले मूल्यांकन गर्नुलाई प्रतिगमन भन्नु जनताप्रति अविश्वास गर्नु भएको बताए । 

सुझावित समाचार