राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्म संविधानको धारा ७६ (५) को सरकार गठन गर्न आह्वान गरेकी छिन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा दाबी गर्नका लागि प्रतिनिधिसभा सदस्यलाई जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएको जानकारी दिएका छन् ।
