वीरगन्जमा बन्द गर्न हिँडेका प्रचण्ड-नेपाल समूहका एक दर्जन नेता–कार्यकर्ता पक्राउ

बिहिबार, २२ माघ, २०७७
डिजिटल संस्करण

वीरगन्जबाट प्रहरीले नेकपा प्रचण्ड–नेपाल समूहका एक दर्जन नेता–कार्यकर्तालाई पक्राउ गरेको छ । नेकपा पर्साका नेता अरबिन्द सिंह, महानगरपालिकाका अध्यक्ष रहबर अन्सारी, युवा संघका केन्द्रीय सदस्य अरुण यादव, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रभाकर गुप्तालगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूसहितका केहीलाई घन्टाघर चोक र केही नेता–कार्यकर्तालाई माईस्थानबाट पक्राउ गरेको युवा नेता मनोज चौधरीले जानकारी दिए । 

नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार आमहडतालको घोषणा गरेको छ । आमहडताल गर्न सडकमा निस्किएका नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेको सबैलाई नेता–कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा राखिएको छ ।

सुझावित समाचार