लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल प्रक्राउ

बिहिबार, १६ पुष, २०७७
डिजिटल संस्करण

लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल वीरगन्जबाट प्रक्राउ परेका छन् । 

उनले उखु किसानको १७ करोड बक्यौता तिर्न बाँकी छ । त्यस रकममध्ये अग्रवालले अहिलेसम्म बैंकमा तीन करोड जम्मा गरेको प्रहरीले जनाएको छ । 

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार मनोज अग्रवालकी भाउजू सुशीला अग्रवालको नाम रहेको लुम्बिनी चिनी उद्योगको कारोबार मनोजले गर्दै आएका छन् । 
 
उद्योगबाट करिब ९० करोड बक्यौता उठाउन नसकेपछि उखु किसान काठमाडौंमा आन्दोलनरत छन् । आन्दोलनकै क्रममा एक किसानको हृदयाघातबाट निधन भएको छ । 

सुझावित समाचार