प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद् बैठक बोलाएपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन् ।
परिषद्काे अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बिहीबार ५ बजेका लागि बैठक बाेलाएका छन् ।
बुधबार मात्रै स्थायी कमिटीकाे बैठकमा अध्यादेश फिर्ता गर्ने र संसद् अधिवेशनका लागि लगिएको निवेदन फिर्ता गर्ने समझदारी भएको थियाे ।