प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता डा. शेखर कोइरालाले चौतर्फी विरोध हुँदाहुँदै नयाँ अध्यादेशमा टेकेर संवैधानिक परिषद्को बैठक बोलाउनु प्रधानमन्त्रीको बल मिच्याइँ भएको बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीले आज ५ बजेका लागि संवैधानिक परिषद् बैठक बोलाएका छन् । नेता कोइरालाले आजको बैठकले गर्ने कुनै पनि नियुक्ति र निर्णय मान्य नहुने बताएका छन् ।
कांग्रेसले संवैधानिक परिषदबारे ल्याइएको अध्यादेश खारेज नभएसम्म परिषद्को बैठकमा नजाने जनाएको छ ।