भोलिदेखि उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने (भिडियोसहित)

बिहिबार, २ पुष, २०७७
डिजिटल संस्करण

सवारीसाधनमा लागू गरिएको जोर–बिजोर प्रणाली शुक्रबारदेखि उपत्यकामा हट्ने भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । 

साँझको समयमा सार्वजनिक सवारीसाधनमा धेरै भिड भएपछि जोर–बिजोर प्रणाली हटाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए । 

यातायात व्यवसायीले पनि जोर–बिजोर हटाउन माग गर्दै आएका थिए । लकडाउन खुकुलो गरेर उपत्यकामा जोर–बिजोर प्रणाली लागू गरिएको थियो । 

साथै रात्रिकालीन व्यवसाय पनि सञ्चालनका लागि प्रशासनले अनुमति दिएको छ । भिड नहुने गरी डिस्को, क्लब तथा डान्सबारहरू सञ्चालन हुन थालेका छन् । फिल्म हल भने अझै सञ्चालन गर्न दिइएको छैन ।

सुझावित समाचार