प्रधानमन्त्रीद्वारा महरापत्नीको निधनमा श्रद्धाञ्जली व्यक्त

बुधबार, १९ कार्तिक, २०७७
डिजिटल संस्करण

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै प्रधानमन्त्रीले पूर्वसभामुख महरासहित सम्पूर्ण परिवारमा गहिरो समवेदनासमेत व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुःख लागेको छ । म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’ 

बुधबार बिहान ६:२५ बजे उनको निधन भएको हो। १५ गतेदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो। नर्भिक हस्पिटलमा पिसिआर टेस्ट गर्दा उनलाई कोरोना पजिटिभ देखिएको थियो।

याे पनि पढ्नुहाेस् :

पूर्वसभामुख महरा पत्नी सिताको निधन

सुझावित समाचार