आइपिएलमा सट्टेबाजी खेलाएको आरोपमा काठमाडौंमा सात पक्राउ

सोमबार, २६ असोज, २०७७
डिजिटल संस्करण

संयुक्त अरब इमिरेट्स (युएई) मा भइरहेको क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) मा सट्टेबाजी खेलाएको तथा खेलेको आरोपमा पाँच भारतीयसहित सातजना काठमाडौंमा पक्राउ परेका छन् । 

महानगरीय प्रहरी वृत्त कालिमाटीले कुलदीप शारण र उनका सहयोगीलाई पक्राउ गरेको हो । 

नक्सालस्थित होटेल कोनार्कमा बसेर शारणले सट्टेबाजी खेलाएको प्रहरीले जनाएको छ । 

उनका सहयोगी  भारतीय नागरिक सञ्जीव शारण, अनिलकुमार वंशल, नवीन जैन तथा सिन्धुपाल्चोकका प्रदीप घिमिरे, कुलेश्वर बस्ने अजय गौतम, उत्तम सापकोटालाई पक्राउ गरेको हो । 

उनीहरूले एजेन्टहरूमार्फत बाजी लगाउने र पैसा उठाउने गरेको प्रहरीले जनाएको छ । खेल सुरु हुनुभन्दा अगाडि मोबाइलबाटै रेट पठाएर सट्टेबाजी खेलाउँदै आएका थिए ।

उनीहरूमध्ये सञ्जीववको साथबाट ११ हजार, प्रदीपबाट एक लाख ११ हजार, अजयबाट ११ हजार, उत्तमबाट ३१ सय  र अनिलबाट ३९ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ । 

भारतीय गिरोहसँग मिलेर उनीहरूले सट्टेबाजी खेलाउँदै आएको प्रहरी दाबी छ । 

सुझावित समाचार