व्यापारीलाई फाइदा पुग्ने गरी सरकारी निकायले गरेको निर्णयका कारण बजारमा खानेपानीको अत्यधिक मूल्यवृद्धि
नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २६ साउनमा जार र एक लिटरको बोतलमा पाइने प्रशोधित खानेपानीको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) क्रमशः ५० र १६ रुपैयाँ निर्धारण गर्ने निर्णयले अहिले बजार भाउ वृद्धि भएको छ । एक लिटरको बोतलमा पाइने पानीको मूल्य सरकारी निर्णयअनुुसार घट्नुपर्नेमा यथावत अर्थात् २० देखि ३० रुपैयाँ छ भने जारको पानीको मूल्य बढेको छ । उपभोक्ताले प्रतिजार २५ रुपैयाँसम्ममा उपभोग गर्दै आएको जारको पानीको मूल्य बिहीबारदेखि न्यूनतम ५० रुपैयाँ कायम भएको छ ।
आकस्मिक र कोरोनाबाहेकका सेवा बहिष्कार गर्ने चिकित्सक संघको निर्णय
नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक र कोरोनाबाहेकका सबै सेवा आइतबार बहिष्कार गर्ने भएको छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९औँ अनशनमा बसेका डा. गोविन्द केसीका मागको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा कोरोना र आकस्मिक सेवाबाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय भएको संघले बताएको छ ।
अनशन अन्त्य गर्न डा. केसीलाई सरकारी वार्ता टोलीको अनुरोध
सरकारी वार्ता टोलीले अनशन अन्त्य गर्न डा. गोविन्द केसीलाई अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठिन वार्ता टोलीका संयोजक शिक्षासचिव गोपीनाथ मैनालीले शनिबार प्रेस विज्ञप्ति जारी गरेर नेपाल सरकार गुणस्तरीय चिकित्सा शिक्षाको विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहमा प्रतिबद्ध रहेको बताउँदै कोरोनाको विश्वव्यापी महामारीले मुलुक आक्रान्त रहेको विषम परिस्थितिलाई मनन एवं आत्मसात् गर्दै डा. केसीलाई अनशन अन्त्य गर्न अनुरोध गरेका हुन् ।
वार्ता असफल भएपछि डा. केसीका समर्थक सडकमा [फोटोफिचर]
अनशनरत डा. गोविन्द केसी र सरकारबीचकाे वार्ता असफल भएपछि उनका समर्थकले काठमाडौंकाे माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९औँ पटक अनशन बसेका केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासीन बनेपछि प्रदर्शन गरेको उनीहरूले बताए ।
काेराेना मिटर : आज थपिए पाँच हजार आठ संक्रमित
पछिल्लो २४ घन्टामा देशभर थप पाँच हजार आठजनामा संक्रमण पुष्टि भएको छ । याे संख्या एकैदिन संक्रमण देखिएकाे अहिलेसम्मकै सबैभन्दा बढी हाे । योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख पाँच हजार ६ सय ८४ पुगेको छ ।
ओली-प्रचण्ड छलफल, भएन ठोस प्रगति
मन्त्रिमण्डल पुनगर्ठन, संवैधानिक तथा राजनीतिक नियुक्ति र पार्टी एकताका काम टुंगाउने विषयमा शनिवार पनि नेकपाका दुई अध्यक्षबीच सहमति जुटन सकेन । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको तीन घन्टा लामो छलफलमा ठोस सहमति नभएको बताइएको छ । करिब १२ बजे बालुवाटार पुगेका प्रचण्ड तीन बजे बालुवाटारबाट बाहिरिएका थिए ।
माछा, मासु र दूधमा आत्मनिर्भर बन्ने लक्ष्य अधुरै
कोरोना भाइरसले माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन देखिएको छ । सरकारले केही वर्षभित्रै दूध, माछा र मासुमा आत्मनिर्भर हुने लक्ष्य लिए पनि तत्काल पूरा हुने नदेखिएको हो । गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनमा ‘कोरोनापछि पशुपालनको मुद्दा र समाधान’ कार्यपत्र प्रस्तुत गर्दै पशुसेवा विभागका निर्देशक वंशी शर्माले माछा, मासु, दूध र अन्डामा आत्मनिर्भरनजिक देखिए पनि कोभिडले असर पुर्याएको बताए ।
पाकिस्तानमा पनि टिकटक प्रतिबन्ध
छोटो भिडियो सेयरिङ प्लेटफर्म टिकटक प्रतिबन्ध लगाउने देशहरूको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरूले प्रतिबन्ध लगाइसकेका थिए । शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको हो । ‘अनैतिक सामग्रीहरू’ भएको निष्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देशभित्र प्रतिबन्ध लगाउने निर्णय गरेको अधिकारीहरूले जनाएका छन् । चीनसँगको सदाबहार मित्र भए पनि चिनियाँ एपलाई मुलुकभित्र प्रतिबन्ध लगाउनुपर्ने बाध्यता सिर्जना भएको अधिकारीहरूको भनाइ छ ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कति हुन्छ खर्च ?
अबको २३ दिनपछि अमेरिकामा राष्ट्रपतिकाे निर्वाचन हुँदै छ । दोस्रोपटक पनि राष्ट्रपति बन्ने अभिलाषाका साथ डोनाल्ड ट्रम्प चुनावी माहोलमा सक्रियताका साथ लागेका छन् । यस्तै उनका प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका जो बाइडेन पनि पहिलोपटक विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपति बन्ने दौडमा छन् ।
नाडाल र जोकोभिक कीर्तिमाननजिक
ग्रान्डस्लाम फाइनलमा पुनः एकपटक नोभाक जोकोभिक र राफेल नाडालबीच प्रतिस्पर्धा हुने भएको छ । फ्रेन्च ओपनको सेमिफाइनलमा साबिक विजेता नाडालले डिएगो स्चवाटजम्यानलाई ६–३, ६–३ र ७–६ को सीधा सेटमा हराउँदै फाइनल स्थान सुरक्षित गरे । शीर्ष वरीयताका जोकोभिकले स्टेफानोस सित्सिपासलाई ६–३, ६–२, ५–७, ४–६ र ६–१ को पाँच सेटमा हराउँदै नाडालविरुद्धको भेट पक्का गरेका हुन् ।