मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज २४ शनिबार १४:४२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया प्रिन्ट संस्करण

वार्ता असफल भएपछि डा. केसीका समर्थक सडकमा [फोटोफिचर]

Read Time : < 1 मिनेट
२०७७ असोज २४ शनिबार १४:४२:००

अनशनरत डा. गोविन्द केसी र सरकारबीचकाे वार्ता असफल भएपछि उनका समर्थकले काठमाडौंकाे माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । 

चिकित्सा शिक्षा सुधारको माग राख्दै १९औँ पटक अनशन बसेका केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासीन बनेपछि प्रदर्शन गरेको उनीहरूले बताए । 

बिहीबारबाट डा. केसी र सरकारी पक्षबीच वार्ता भइरहे पनि वार्ता सफल हुन सकेन । वार्तालाई असफल बनाएर सरकारले केसीलाई मार्न खाजेको आरोप उनका समर्थकहरूले लगाएका छन् । 

माइतीघरमा भएको प्रदर्शनमा ‘सत्याग्रही मार्न खोज्ने सरकार धेरै दिन टिक्दैन’, ‘डा. केसीको माग पूरा गर’, ‘दूरदराजमा मेडिकल शिक्षा खै ?’ लगायतका नारा लगाएका छन् ।