Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर २० शनिबार
  • Saturday, 05 December, 2020
ad
रासस/एएनआई
२०७७ असोज २४ शनिबार १४:२२:००
सप्तरंग

पाकिस्तानमा पनि टिकटक प्रतिबन्ध

रासस/एएनआई
२०७७ असोज २४ शनिबार १४:२२:००

छोटो भिडियो सेयरिङ प्लेटफर्म टिकटक प्रतिबन्ध लगाउने देशहरूको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरूले प्रतिबन्ध लगाइसकेका थिए । शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको हो । 

‘अनैतिक सामग्रीहरू’ भएको निष्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देशभित्र प्रतिबन्ध लगाउने निर्णय गरेको अधिकारीहरूले जनाएका छन् । चीनसँगको सदाबहार मित्र भए पनि चिनियाँ एपलाई मुलुकभित्र प्रतिबन्ध लगाउनुपर्ने बाध्यता सिर्जना भएको अधिकारीहरूको भनाइ छ ।

टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उल्लंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रणका लागि टिकटक प्रतिबन्ध लगाउनुपरेका उनीहरूले बताएका छन् । पाकिस्तानी दूरसञ्चार प्राधिकरणद्वारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार बिथोल्ने गतिविधि भएको भन्दै टिकटकका विरुद्धमा उजुरीहरू परेको उल्लेख गरिएको छ । 

मुस्लिम संस्कारअनुसार महिलाले बुर्का लगाउनुपर्ने, शारीरिक अंगहरू प्रदर्शन गर्न नहुनेलगायतका कडा सांस्कृतिक व्यवस्था भए पनि टिकटक प्रयोगकर्ताहरूले त्यसलाई उल्लंघन गरेको उजुरीकर्ताहरूको दाबी छ ।