१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आकस्मिक र कोरोनाबाहेकका सेवा बहिष्कार गर्ने चिकित्सक संघको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:४४:oo

नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक र कोरोनाबाहेकका सबै सेवा आइतबार बहिष्कार गर्ने भएको छ । 

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९औँ अनशनमा बसेका डा. गोविन्द केसीका मागको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा कोरोना र आकस्मिक सेवाबाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय भएको संघले बताएको छ । 

भर्चुअल माध्यमबाट शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको संघका महासचिव डा. बद्री रिजालले बताए । अनशनमा रहेका डा. केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएकाले सेवा बन्द गर्न आफूहरू बाध्य भएको उनले बताए । 

सरकार गम्भीर नहुने र वार्ता एवं संवादलाई औपचारिकतामा मात्रै सीमित  गरिएको भन्दै संघले गम्भीर आपत्तिसमेत प्रकट गरेको छ । आइतबारसम्म पनि अनशन अन्त्य गराउने गरी सरकार प्रस्तुत नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने रिजालले बताए । 

संघले आइतबारका लागि घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई संघका सम्पूर्ण शाखा कार्यालयहरू, नेपालभरका सम्पूर्ण स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कार्यान्वयन गर्ने र त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने रिजालले बताए । 

डा. केसी २७ दिनदेखि अनशनमा छन् । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

ad
ad