काठमाडाैं- दक्षिण अफ्रिकाका ब्याट्सम्यान डेभिड मिलरले तेस्रो संस्करणको एनपिएलमा उत्कृष्ट डेब्यु गरेका छन् । त्रिवि क्रिकेट मैदानमा मिलरले कर्णाली याक्सबाट सुदूरपश्चिम रोयल्सविरुद्धको डेब्यु खेलमै ९३ रनको नटआउट अर्धशतकीय इनिङ्स खेलेका थिए ।
अर्धशतकीय योगदान दिए पनि मिलरले कर्णालीलाई जित दिलाउन सकेनन् । उनी एक्लैले ५५ बलमा ९३ रनको योगदान दिए । खेलमा म्यान अफ दी म्याच भएका उनले केवल ५५ बलको सामना गरी सात छक्का र पाँच चौका प्रहार गरेका थिए ।
मिलरले पवन सर्राफसँग चौथो विकेटका लागि २० रनको साझेदारी गरेका थिए । हुसैन आउट हुँदा कर्णाली ४९/५ को कमजोर अवस्थामा थियो । मिलरले त्यसपछि कप्तान सोमपाल कामीसँग छैटौँ विकेटका लागि ३६ रनको साझेदारी गरे ।