टी–२० मा रसेलको १० हजार रन

शुक्रबार, २० कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- विराटनगर किंग्सका अलराउन्डर आन्द्रे रसेलले टी–२० फर्म्याटमा १० हजार रन पूरा गरेका छन् । उनले यो सफलता तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा हात पारेका हुन् । काठमाडौंसँगको प्रतिस्पर्धामा तीन रनमा आउट भएका रसेलले सुदूरपश्चिमविरुद्ध २९ रन तथा जनकपुरसँगको खेलमा ५२ रन जोड्दै टी–२० फर्म्याटमा १० हजार रनको कोसेढुंगे पार गरेका हुन् । समग्रमा वेस्ट इन्डिजका विश्वकप विजेता रसेलले ६१६ टी–२० खेलमा ५३२ इनिङ्समा १० हजार ७७ रन जोडेका छन् । 
उनले करिअरमा ६ हजार ४२ बल सामना गरेका छन् । टी–२० करिअरमा उनले दुई शतक तथा ३७ अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले आठ सय २३ छक्का र ६ सय ६० चौका प्रहार गरेका छन् । करिअरमा उनी दुई सय ५७ खेलमा क्याचआउट भएका छन् । रसेलले आफ्नो करिअरमा १६६.७८ को स्ट्राइकमा ब्याटिङ गर्दै आएका छन् । 

क्रिकेटको छोटो संस्करणमा ऐतिहासिक सफलता प्राप्त गरेपछि बिहीबार काठमाडौं किंग्सविरुद्ध प्रतिस्पर्धा गर्नुअघि उनलाई विराटनगरले सम्मान गरेको थियो । विराटनगरका कप्तान सन्दीप लामिछानेले उनलाई १० हजार रन पूरा गरेको जर्सी प्रदान गरेका थिए । रसेल टी–२० फर्म्याटमा १४५ खेलमा नटआउट रहेका छन् ।

उनले करिअरमा ३७ विभिन्न फ्रेन्चाइज टोलीबाट प्रतिस्पर्धा गरेका छन् । दुईपटकका टी–२० विश्वकप विजेता रसेल सन् २०१५ को इन्डियन प्रिमियर लिगकै म्यान अफ दी सिरिजको उपाधि जितेका थिए । सन् २०१४ मा कोलकाता नाइट राइडर्सले आइपिएल जित्दा उनी टोलीका महŒवपूर्ण अलराउन्डर बनेका थिए । 

सुझावित समाचार