काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेटको क्षतिमा १७६ रनको योगफल बनाएको हो।
टोलीका लागि ओपनरद्वय शैफ जैब र विनोद भण्डारीले क्रमशः ३५ र २७ रन बनाए। ब्रान्डन मेकमुलन २४, ईशान पाण्डे २३ र थरिन्दु रत्नायके (नटआउट)ले २२ रनको योगदान गरे।
कर्णालीका लागि मार्क वाटले दुई तथा नन्दन यादव र हुसेन तलतले समान एक विकेट हात पारे।