काठमाडौं । एसिया कप राइजिङ स्टार्सअन्तर्गत जारी खेलमा भारतविरुद्ध नेपालको ब्याटिङ सुरुवातमै धराशायी भएको छ। आठ ओभरमै नेपालले ६ विकेट गुमाएको छ।
३३३ रनको लक्ष्य पछ्याएको नेपालका तीन खेलाडी शून्य रनमा आउट भए। कुशल भुर्तेल, अर्जुन कुमाल र बासिर अहमद शून्य रनमा आउट भएका हुन्।
त्यस्तै, रासिद खान र पवन सर्राफ ६–६ र दीपक डुम्रे १ रनमा आउट भएका हुन्।
सात ओभरमा ६ विकेट गुम्दा नेपालले जम्मा १७ रन बनाएको छ।