दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युन नेपाल आइपुगेका छन्। भोटेकोशी बाढीमा बेपत्ता भएका नौजना दक्षिण कोरियालीहरूको खोजीलगायतका विषयमा छलफल गर्न उनी शनिबार आकस्मिक रूपमा काठमाडौं आइपुगेका हुन्। उनले आइतबार परराष्ट्रमन्त्री शिशिर खनाललगायतसँग भेटवार्ता गर्दै छन्।
ह्युनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरियाली पत्रकारहरूसँग कुराकानीका क्रममा नेपाली समकक्षी खनाल र अन्य सरकारी उच्च अधिकारीसँग भेटवार्ता गर्ने जानकारी दिए। तर, उनको प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ताको कार्यसूची तय भएको छैन। ‘हामी नेपाली पक्षसँग बाढीको पछिल्लो स्थिति तथा भविष्यको पुनर्निर्माणलगायत दीर्घकालीन सहकार्यका सम्बन्धहरूका विषयमा पनि छलफल छलफल गर्नेछौँ,’ उनले भने। यसअघि उनले ११ र १३ भदौमा परराष्ट्रमन्त्री खनालसँग टेलिफोनमा कुराकानी गर्दै बेपत्ता नागरिकबारे चासो राखेका थिए।