भोटेकोशीमा बुधबार आएको बाढीमा परी घाइते भएकाहरूको उपचारमा रगतको अभाव हुन नदिन नेपाल तरुण दल केन्द्रीय समितिले विशेष रक्तदान कार्यक्रम आयोजना गरेको छ। विपतको कठिन घडीमा कुनै पनि नागरिकले रगत अभावका कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यसहित तरुण दलले रक्तदान आयोजना गरेको संगठनले जनाएको छ । संगठनका अनुसार कार्यक्रममा १५० जनाभन्दा बढी तरुण युवाहरूले रक्तदान गरेका छन्।
तरुण दलका केन्द्रीय अध्यक्ष मनीष कोइरालाले विपतको समयमा नागरिकको सुरक्षाभन्दा ठुलो अरू केही नहुने बताए। जनता नै देशको मूल आधार भएको उल्लेख गर्दै उनले जनताको दुःखमा मलम लगाउन तरुणहरू सधैँ तत्पर रहेको बताए । ‘जनताको सुरक्षा र अधिकारभन्दा ठुलो अरू केही छैन, जनता नै यो राष्ट्रका सार्वभौम मालिक हुन्,’ कोइरालाले भने, ‘जनताको आँसु पु्छ्न र घाइतेको घाउमा मलम लगाउन तरुणहरू कहिल्यै पछि हट्दैनन् ।’ विपद्का हरेक मोर्चामा राहत र उद्धारका लागि अग्रपङ्क्तिमा उभिन उनले आह्वानसमेत गरे ।