उद्योग वाणिज्य संघ धनकुटाको अध्यक्षमा रामबहादुर राय निर्वाचित

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण

उद्योग वाणिज्य संघ धनकुटाको अध्यक्षमा रामबहादुर राय निर्वाचित भएका छन्। गएराति अबेर सम्पन्न निर्वाचनको अन्तिम मतगणनाअनुसार राय २०५ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्ष पदका प्रतिस्पर्धी कृष्णराज श्रेष्ठले १६६ मत प्राप्त गरे। निर्वाचनमा वरिष्ठ उपाध्यक्षबाहेक अधिकांश पदमा रायको प्यानलका उम्मेदवार विजयी भएका छन्।

वरिष्ठ उपाध्यक्षमा श्रेष्ठको प्यानलका विक्रम प्रधान २०२ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी अम्बिकादेवी धमलाले १७१ मत प्राप्त गरिन्।

उपाध्यक्ष पदमारिदम श्रेष्ठ २५७, सरस्वती मगर २६९ र महिला उपाध्यक्षमा रेजिना पालिखे २३१ मतसहित निर्वाचित भएका छन्। उपाध्यक्षका प्रतिस्पर्धी नगेन्द्रप्रसाद काफ्लेले १३१, सुनिता पौडेलले ४९ र निर्मला राई (श्रेष्ठ)ले १३३ मत प्राप्त गरे।

सचिवमा उर्जेन शाक्य २७१ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी महेन्द्र थापाले ९२ मत प्राप्त गरे। कोषाध्यक्षमा रूपेश श्रेष्ठ २४४ मतसहित विजयी हुँदा प्रवीण पोख्रेलले ११६ मत प्राप्त गरे।

सदस्यतर्फ निरोज श्रेष्ठ २७४, देवेन्द्र प्रधान २६५, मुनादेवी पोखरेल २३४, शिशिर श्रेष्ठ २२४ र शिवपुजन शाह २१९ मतसहित निर्वाचित भएका छन्। सदस्यका प्रतिस्पर्धी गोविन्द दाहालले ११३, देवबहादुर विश्वकर्माले ८०, सागर तामाङले ११५ र शोभा श्रेष्ठले ११९ मत प्राप्त गरे।

अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै उद्योग वाणिज्य संघ धनकुटाको नयाँ नेतृत्व चयन भएको छ। 

सुझावित समाचार