असइको परीक्षामा पास गराइदिने भन्दै १० लाख असुल्ने पक्राउ

मंगलबार, २६ साउन, २०८३
डिजिटल संस्करण

नेपाल प्रहरीको भर्नामा सेटिङ मिलाएर पास गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पर्वतको फलेवासका ४६ वर्षीय हरिबहादुर रसाइलीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। 

उनले प्रहरीको असइ परीक्षामा पास गराइदिने आश्वासन दिएर १० लाख असुलेको एसपी रामेश्वर कार्कीले बताए। लिखित परीक्षा उत्तीर्ण गरेर अन्तर्वार्ताको प्रतीक्षामा रहेका एक आकांक्षीलाई उनले गृह मन्त्रालयमा सेटिङ मिलाएर पास गराइदिने भन्दै ठगी गरेका हुन्। 

अनुसन्धानको क्रममा उनी चेक बाउन्ससम्बन्धी बैंकिङ कसुर मुद्दामा पनि फरार रहेको खुलेको छ। 

सुझावित समाचार