नापनक्सा भएको ३८ वर्षपछि डडेल्धुराका १२ परिवारले पाए जग्गाधनी पुर्जा
सुकुमवासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
साविक जोगबुढा गाविस वडा नं. १ मा २०४५ सालमा सुकुमवासी समस्या समाधान आयोगले नापनक्सा गरेको भए पनि त्यसपछिको प्रक्रिया अघि बढ्न नसक्दा स्थानीयले लामो समयसम्म जग्गाधनी पुर्जा पाउन सकेका थिएनन्।
प्रधानमन्त्री बालेनलाई मनीष झाको जवाफ : ‘ऐतिहासिक जनादेश पाएको सरकार एक्लो छैन, हामी साथमै छौँ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सरकार एक्लो नभएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसदहरूले सरकारको कामकारबाहीबारे प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आफू एक्लै संघर्ष गरिरहेको संकेत गरेपछि झाले जवाफ फर्काएका हुन्।
पर्यटक लोभ्याउने हेलम्बुको कञ्चन झरना
हिमाल, लेकाली चउर, हरियाली जंगल र गुम्बाले भरिएको हेलम्बुको अर्को आकर्षण यहाँका कञ्चन झरना हुन् ।
हेलम्बु गाउँपालिका–१ मा रहेका पाँच सय मिटर उचाइबाट झर्ने जुम्ल्याहा झरना (छुम्जर रिङ्बु झरना), मेलम्ची खानेपानीको मुहानछेउ अम्बाथाङमा रहेको चार सय मिटर उचाइबाट झर्ने व्याङ्ज्याङ झरना तथा वडा नं. ६ र ७ को सिमानामा पर्ने सोल्सिङस्थित तीन सय मिटर उचाइबाट खस्ने ब्राङ्चे झरना चर्चित छन् ।
प्रधानमन्त्री शाहको सन्देश : ‘ढिला होला, तर गलत हुँदैन’
प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन केही समय लाग्ने भन्दै धैर्य गर्न आग्रह गरेका छन्। शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले ढिला भए पनि गलत नहुने बताएका हुन्।‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्,’ उनले लेखेका छन्।
ऋण असुलीबाट समस्याग्रस्तका ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको हो ।
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।
रवि लामिछाने भन्छन् - सरकारको उडान गन्तव्यमा पुर्याएरै छाड्छौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू नेतृत्वको सरकारले थालेको यात्रालाई सफल गन्तव्यमा पुर्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले सरकार सञ्चालनका क्रममा आउने चुनौतीलाई जहाजमा आउने टर्बुलेन्ससँग तुलना गरे । उनले केही समयको असहज अवस्थालाई लिएर सरकार असफल हुने आशंका नगर्न आग्रह गरे ।
भदौ ३ भित्रै विश्वासको मत लिने बानियाँको तयारी
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्रै प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । शनिबार काठमाडौंमा बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँले भदौ ३ गतेभित्र विश्वासको मत लिने निर्णय गरेको हो।
सत्ता साझेदार नेकपा एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने समयसीमा नजिकिँदै गर्दा कांग्रेसले विश्वासको मत लिने मिति टुंगो लगाएको हो ।
बर्दियामा सडक निर्माणको उल्टो प्रक्रिया : शिलान्यासपछि प्रारम्भिक वातावरणीय परीक्षण
बर्दियामा सडक निर्माणको शिलान्यास भएको १४ महिनापछि प्रारम्भिक वातावरणीय परीक्षणको काम सुरु गरिएको छ ।
बारबर्दिया नगरपालिकाको कर्तनियादेखि ठाकुरबाबा नगरपालिकाको खैलारसम्म जोड्ने पक्की सडक निर्माणको शिलान्यास भएको १४ महिनापछि प्रारम्भिक वातावरणीय परीक्षणको काम सुरु गरिएको हो ।
एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुने
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक गरेको छ । एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने भएको हो ।
क्यान सचिव पारस खड्काले शनिबार जारी गरेको विज्ञप्तिमार्फत एनपीएल २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म आयोजना हुने जानकारी दिएका छन् ।
स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने चारजना पक्राउ
कालीकाेटकाे पलाँता गाउँपालिका–९ मा रहेकाे पलाँता अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने र अस्पताल ताेडफाेड गर्ने चारजना पक्राउ परेका छन्। शुक्रबार दिउँसाे र राति अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी अस्पताल ताेडफाेड गर्ने चारजना प्रक्राउ परेका हुन्।
कुटपिट र तोडफोडमा संलग्न पलाता–९, थिर्पूकी ३२ वर्षीया मैना बम, स्थानीय तपेन्द्र बम, मैनाका पति सुशीलकुमार बम र उनका १३ वर्षीय छोरालाई प्रहरीले राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कालिकाेटका प्रमुख हिमहादुर खत्रीले बताए।