एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म हुने

शनिबार, २३ साउन, २०८३
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक गरेको छ । एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने भएको हो ।

क्यानसचिव पारस खड्काले शनिबार जारी गरेको विज्ञप्तिमार्फत एनपिएल २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म आयोजना हुने जानकारी दिएका छन् ।

एनपिएलको तेस्रो संस्करणका लागि अक्सन प्रक्रिया यसअघि नै सम्पन्न भइसकेको छ । अहिले सहभागी टोलीहरूले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया अघि बढाइरहेका छन् ।

क्यानले तोकेको मिति यसपटक दसैँ र तिहारको बिचमा परेको छ । यसअघि एनपिएल तिहारपछि मंसिर महिनामा आयोजना हुँदै आएको थियो । तर, यसपटक तिहारकै समयमा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको छ ।

क्यानका अनुसार तिहारका दुई दिनबाहेक अन्य दिनमा खेल सञ्चालन गर्ने योजना रहेको छ । यद्यपि प्रतियोगिताको विस्तृत खेल तालिका भने सार्वजनिक भइसकेको छैन ।

See More On

सुझावित समाचार