युएईविरुद्ध भारत ‘ए’ सात विकेटले विजयी, १४.२ ओभरमै २५४ रन

वैभव सूर्यवंशीले बनाए ५२ बलमा दोहोरो शतक

मंगलबार, ८ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं/ एसिया कप राइजिङ स्टार्सअन्तर्गत मंगलबार युएईविरुद्ध भारत ‘ए’ले सानदान जित निकालेको छ। २५० रनको लक्ष्य भारतले मात्र तीन विकेट गुमाएर १४.२ ओभरमा पूरा गरेको हो।

भारतको जितमा वैभव सूर्यवंशीले विस्फोटक ब्याटिङ गरे। उनले मात्र ५३ बलमा २०४ रन जोडेर लिस्ट एमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने रेकर्ड बनाए। उनले २८ छक्का र सात चौका प्रहार गरे। यसैगरी, रिन्कु सिंहले नटआउट २७ तथा अभिशेख शर्माले १२ रनको योगदान गरे।

युएईका लागि जाहिद अलि, इब्रार अहमद र बसिल हमिदले समान एक विकेट निकाले। उद्दिस सुरीले मात्र दुई ओभरमा ४८ तथा अहमदले तीन ओभरमा ७१ रन खर्चिए। हमिदले ३.२ ओभरमा ५९ रन खर्चिए।

दोहामा पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २४९ रनको योगफल तयार गरेको थियो। हरप्रित सिंहले १४४ बलमा सर्वाधिक १३० रन बनाए। बसिल हमिदले नटआउट ३६, मोहम्मद साहदादले २८ र इथन डिसोजाले २५ रनको योगदान गरे।

भारतका लागि अर्सद खानले सर्वाधिक चार विकेट हात पार्दा हर्सित राना, सूर्यान्स सेद्गे र हर्ष दुवेले समान एक विकेट निकाले।
 

सुझावित समाचार