काठमाडौं । एसिया कप राइजिङ स्टार्सअन्तर्गत मंगलबारको खेलमा नेपालले पाकिस्तान ‘ए’विरुद्ध बलिङ गरिरहेको छ। दोहामा पाकिस्तान ‘ए’ले टस जितेर पहिले ब्याटिङ रोजेको हो।
पहिलो ओभरको पाँचौँ बलमा पाकिस्तान ‘ए’ले पहिलो विकेट गुमाएर ब्याटिङ गरिरहेको छ। रासिद खानको बलिङमा मयन यादवले समयाल हुसेनको विकेट लिएका हुन्।
चार ओभरको खेल सकिँदा पाकिस्तानले एक विकेटको क्षतिमा २७ रन जोडेको छ।