न्यायाधीशलाई महाअभियोगको धम्कीबारे जानकारी छैन : नेपाल बार

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

सर्वाेच्च अदालतका तीन न्यायाधीशलाई राजीनामाको दबाब र महाअभियोगको धम्कीबारे जानकारी नभएको नेपाल बार एसाेसिएसनले जनाएको छ। बारका अध्यक्ष डा. विजयकुमार मिश्रले त्यसबारे सूचना  नभएको बताए।

उनले नयाँ पत्रिकासँग भने, ‘यो विषयको यथार्थता बुझ्न हामी प्रयत्नशील छौँ । यदि साँच्चै विज्ञप्तिमा आएअनुसार भएको हो भने त्यो हामीलाई स्वीकार्य छैन । राजनीतिक तहमा हामीले एक तहसम्म बुझ्दा त्यसो भएको होइन भन्ने पायौँ ।’ 

तीन अन्तर्राष्ट्रिय संघसंस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गरी न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँललाई राजीनामाको दबाब दिइएको र राजीनामा नदिए महाअभियोगको धम्की दिइएको दाबी गरिएको छ । ती संस्थाले कसले धम्की दियो उल्लेख गरेका छैनन्।  
 

सुझावित समाचार