मुख्यमन्त्री कँडेलविरुद्ध नेकपाले अविश्वासको मत दिने

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दोहोर्याएको छ। बिहीबार बिहान बसेको संसदीय दलको बैठकले यसअघि लिएको अडानलाई यथावत् राख्ने निर्णय गरेको हो ।

नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले मुख्यमन्त्रीप्रति पार्टीको विश्वास नरहेको भन्दै अविश्वास प्रस्तावमा समर्थन गर्ने निर्णय परिवर्तन नहुने बताए। यसअघि नेपाली कांग्रेस र नेकपाले मुख्यमन्त्री कँडेलविरुद्व अविश्वासको मत दर्ता गराएका थिए ।

 

सुझावित समाचार