काभा च्याम्पियनसिप : नेपाल कजाखस्तानसँग पराजित

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

उत्कृष्ट खेलका बाबजुद नेपाली राष्ट्रिय पुरुष भलिबल टोली काभा च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ। बुधबारबाट पाकिस्तानको इस्लामाबादमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)ले आयोजना गरेको प्रतियोगिताको पहिलो खेलमै नेपाल ३–२ को सेटमा पराजित भएको हो।

सुरुवाती दुई सेट गुमाएर पनि नेपालले तेस्रो सेटमा कमब्याक गरेको थियो। संघर्षपूर्ण तेस्रो सेट नेपालले ३४–३२ ले जित्यो। चौथो सेट पनि जितेर कजाखस्तानलाई केही दबाब सिर्जना गरेको नेपाल पाँचौँ सेटमा भने पराजित भयो।

यो हारपछि पनि नेपालले एक अंक खोसेको छ। सोझो सेटमा पराजित भएको अवस्थामा नेपालले कुनै अंक पाउने थिएन। तर, खेल पाँचौँ सेटमा पुगेसँगै विजेता कजाखस्तानले दुई तथा पराजित नेपालले एक अंक प्राप्त गरेको हो। 

अब, नेपालले बिहीबार दोस्रो खेलमा अर्काे बलियो टोली श्रीलंकाको सामना गर्नेछ। त्यसपछि शुक्रबार आयोजक पाकिस्तान, आइतबार बंगलादेश, सोमबार समूहको अन्तिम खेलमा उज्वेकिस्तानको सामना गर्नेछ।

See More On

सुझावित समाचार