काठमाडौं/ आइसिसी पुरुष विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा ओपनर देव खनालले अर्धशतक पूरा गरेका छन्।
अर्धशतक बनाएलगत्तै देव रन आउट भए। ६५ बल सामना गरेका उनले चार चौका र एक छक्कासहित ५७ रन जोडे।
नेपालले ओपनर आशिफ शेख र इशान पाण्डेको विकेट गुमाइसकेको छ। आशिफ सात तथा इशान २९ रन जोडेर पेभेलियन फर्किए।