क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य

शनिबार, १ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ आइसिसी पुरुष विश्वकप लिग–२ अन्तर्गत शनिबार जारी खेलमा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ। ओमानको अल अमेरात मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले एक बलअघि अलआउट हुँदा २५६ रनको योगफल तयार गरेको हो।

क्यानडाका लागि युवराज सामराले शतकीय पारी खेले। ११७ बल सामना गरेका उनले ११ चौका र चार छक्काको मद्दतमा १०५ रनको योगदान गरे। यसैगरी, एरोन जोनसन, हर्ष थाकेर र हम्जा तारिक क्रमशः ३६, ३४ र ३० रन जोडेर पेभेलियन फर्किए।

नेपालका लागि ललित राजवंशीले दुई मेडनसहित सर्वाधिक चार विकेट निकाले। सन्दीप लामिछानेले एक मेडनसहित तीन, दिपेन्द्र सिंह ऐरीले दुई र रोहित पौडेलले दुई मेडनसहित एक विकेट हात पारे।

सुझावित समाचार