काठमाडौं । आइसिसी पुरुष विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। अल अमिरात मैदानमा टस जितेर नेपालका कप्तान सन्दीप लामिछानेले घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
लिग २ मा खराब प्रदर्शन गरेको नेपालका लागि यो अन्तिम खेल हो। लिगको शीर्ष ६ मा रहँदै एकदिवसीय क्रिकेट (ओडिआई) मान्यता जोगाउन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ।