एमालेले आफ्ना सांसदहरूसँग अन्तरक्रिया गर्दै

कार्यक्रममा प्रतिनिधि सभा र राष्ट्रिय सभाका एमाले सांसदहरूको सहभागिता हुने

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण

एमालेले संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउन आज आफ्ना सांसदहरूसँग अन्तरक्रिया गर्दै छ। पार्टीको संसदीय विभागको आयोजनामा बिहान ११ बजे केन्द्रीय कार्यालयमा उक्त कार्यक्रम हुन लागेको प्रचार विभाग प्रमुख, निरज आचार्यले जानकारी दिए ।

​कार्यक्रममा पार्टी अध्यक्ष केपी ओलीले सांसदहरूले संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे मार्गनिर्देशन गर्नेछन्। यसैगरी, महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको भूमिकाको विषयमा प्रकाश पार्नेछन् भने संसद् सचिवालयका पूर्वसचिव हर्कराज राईलगायतले संसदीय प्रक्रिया र अभ्यासबारे प्रशिक्षण दिने कार्यक्रम रहेको आचार्यले बताए।

​कार्यक्रम एमाले संसदीयल विभागले आयाेजना गरेकाे हाे । ​कार्यक्रममा सहभागी हुन सबै विभागका प्रमुख तथा पूर्वसदस्यहरूलाई समेत आमन्त्रण गरिएको छ। यस कार्यक्रममा  प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनका एमाले सांसदहरूको सहभागिता रहनेछ।

See More On

सुझावित समाचार