अठार वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

शनिबार, २ साउन, २०८३
डिजिटल संस्करण

विवाहमा पर्याप्त दाइजो नल्याएको भन्दै कुटपिटसँगै धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको घटनामा संलग्न फरार प्रतिवादीलाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाउँपालिका ५ जिझौल गाउँका करिब ६० वर्षीय रामनाथ रायलाई शुक्रबार पक्राउ गरिएको हो ।

रायलाई उनको आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरीबाट थप अनुसन्धान भइरहेको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

उनका अनुसार ३ भदौ २०६५ बिहान करिब ९ बजेतिर बौधा रायकी श्रीमती करिब २५ वर्षीया चन्द्रिकादेवी रायलाई बौधासहित तीन जनाले कुटपिटसँगै धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएपछि उपचारको क्रममा मृत्यु भएको थियो ।

घाइते रायलाई तत्काल भारत बिहार राज्यको पटनामा उपचारपछि पुनः घर ल्याएर १६ दिनपछि थप उपचारका लागि धरानस्थित विपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै गर्दा १९ भदौको राती बाटोमै मृत्यु भएको प्रहीले जनाएको छ ।

See More On

सुझावित समाचार