बलात्कारको आरोपमा पक्राउ परेका डिआरः जो भाग्दै गर्दा कार दुर्घटनामा परे

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

दाङ तुलसीपुरमा बलात्कारको आरोपमा एक सहकारीका सिइओ पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं.७ निवासी धनीराम भण्डारी(डिआर) रहेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक टोपेन्द्र बुुढामगरका अनुसार भण्डारीले मंगलबार राति तुलसीपुरको रजौरास्थित एक होटेलमा काम गर्ने बालिकालाई बलात्कार गरेको भनी जाहेरी परेको बताए।

वेटरको काम गर्ने ती बालिकालाई मंगलबार राति १० बजेतिर जबर्जस्ती करणी गर्दा चिच्याएपछि घटना बाहिर आएको थियो । त्यसपछि पीडित पक्षले प्रहरीलाई फोन गरेको थियो । प्रहरीलाई फोन गरेको थाहा पाएपछि भण्डारी बुधबार राति नै बा.प्र.०१०३३ च ३९९३ नम्बरको गाडीमा भाग्न खोज्दै थिए । त्यही क्रममा रजौरानजिक उनको कारसमेत दुर्घटना परेको थियो ।

दुर्घटनामा परेपछि कार त्यही छोडेर उनी त्यहाँबाट भागेका थिए। उनलाई बुधबार दिउँसो मात्रै बिजौरीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक बुढाले बताए ।

पीडितले भण्डारीविरुद्ध जाहेरी दिइसकेकी छिन्। स्रोतका अनुसार ती बालिका १८ वर्षमुनिकी हुन्। यद्यपि, उनी कति वर्षकी हुन्, भनेर प्रहरीले यकिन खुलाएको छैन । प्रहरीले भन्छ, ‘उनी १९/२० वर्षकी हुन सक्छिन्।’ साथै, प्रहरीले बुधबार राति नै उनीसँग गएका अर्का साथीलाई समेत पक्राउ गरेको थियो।

सुझावित समाचार