अविरल वर्षापछि प्राकृतिक विपद्लाई मध्यनजर गरी नागढुंगा तथा फर्पिङ/दक्षिणकाली नाकाबाट सवारी बाहिर जान बन्द गरिएको छ। अर्काे सूचना नभएसम्मका लागि भन्दै नाका बन्द गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
सोमबारको अविरल वर्षाले राजमार्गमा पहिरो तथा ढुंगा खस्ने जोखिम भएकाले नाका बन्द गरिएको हो। अविरल वर्षापछि राजमार्गमा पहिलो जान थालेकाले पूर्वसतर्कता अपनाइएको गृह मन्त्रालयका एक अधिकारीले बताए। वर्षाको समयमा राजमार्गमा विगतका वर्षमा गाडी पुरिएको घटनाबाट पाठ सिकेर बाहिर जान रोक लगाइएको मन्त्रालयले जनाएको छ।
