गाईको सट्टा एकसिंगे गैँडालाई राष्ट्रिय जनावर बनाउने प्रस्ताव

विश्वमै दुर्लभ एकसिंगे गैँडालाई राष्ट्रिय जनावर बनाउँदा राष्ट्रिय पहिचान, जैविक विविधता तथा वन्यजन्तु संरक्षणलाई थप बल पुग्ने विश्वास

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण

संविधान संशोधनसम्बन्धी सुझावमा नेपालको राष्ट्रिय जनावर गाईको सट्टा गैँडालाई राष्ट्रिय जनावर घोषणा गर्ने प्रस्ताव गरिएको छ।

प्रस्तावमा नेपालको विविध धार्मिक तथा सांस्कृतिक समुदायलाई समान रूपमा प्रतिनिधित्व गर्ने उद्देश्यले यो परिवर्तन आवश्यक रहेको उल्लेख गरिएको छ।

गाई सबै धार्मिक तथा सांस्कृतिक समुदायको साझा प्रतीक हुन नसक्ने भएकाले विश्वमै दुर्लभ एकसि‌ंगे गैँडालाई राष्ट्रिय जनावर बनाउँदा राष्ट्रिय पहिचान, जैविक विविधता तथा वन्यजन्तु संरक्षणलाई थप बल पुग्ने विश्वास प्रस्तावमा व्यक्त गरिएको छ।

सुझावित समाचार