व्यवसायी दीपक भट्ट र नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको कारागार सरुवा गरिएको छ ।
कारागार प्रशासन स्रोतका अनुसार दीपक भट्टलाई ललितपुरस्थित नक्खु कारागारमा सरुवा गरिएको छ । अधिकारीलाई भने केन्द्रीय कारागार सुन्धारा सरुवा गरिएको छ ।
विभागबाट पत्र आएपछि शुक्रबार उनीहरूको कारागार सरुवा गरिएको हो । उनीहरू दुवैजना डिल्लीबजार कारागारमा थिए ।