कर्जा हिनामिनामा प्रभु बैंकका कर्मचारीसहित १२ विरुद्ध मुद्दा दायर

सोमबार, ८ असार, २०८३
डिजिटल संस्करण

कर्जा हिनामिनाको कसुरमा प्रभु बैंकका कर्मचारीसहित १२ जनाविरुद्ध उच्च अदालतमा सोमबार मुद्दा दायर भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले  बैंकिङ कसुर मुद्दा दायर गरेको हो। 

राम जानकी हेल्थ फाउन्डेसनलाई दिइएको कर्जा दुरुपयोग भएको विषयमा मुद्दा दायर भएको हो। बैंकले सो कम्पनीलाई १६ करोड कर्जा दिएको थियो। सेल कम्पनी खडा गरी कर्जा दिइएको सिआइबीको दाबी छ। यद्यपि, सो कर्जा बैंकले असुली भने गरिसकेको छ। 

बैंकका तत्कालीन सिइओ अशोक शेरचनसहित मणिराम पोखरेल, रिवश श्रेष्ठ, रश्मी पन्तलाई प्रतिवादी बनाइएको छ। त्यस्तै, राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे(ओपी) सहित रिभान लामा, धनबहादुर शेरचन, महावीर तामाङ, देवान राई, सुरेशकुमार तिवारी र हरिकृष्ण भट्टचनलाई पनि प्रतिवादी बनाइएको छ। पाण्डेलाई दुई साताअघि प्रहरीले पक्राउ गरेको थियो ।

शेरचनसहित देवीप्रकाश भट्टचन, कुसुम लामा लगायतविरुद्ध थप दुई मुद्दा मंगलबार दायर गर्ने सरकारी वकिलको तयारी छ। 
 

सुझावित समाचार