लोकसेवा आयोगका अध्यक्ष रेग्मी अवकाशमा, बेल्वासेलाई कार्यवाहकको जिम्मेवारी

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले अवकाश पाएका छन्। उमेरहदका आधारमा उनले बुधबार अवकाश पाएका छन्। 

स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनको नागरिकतामा रहेको जन्म मितिका आधारमा रेग्मीलाई अवकाशको पत्र दिएको थियो। संवैधानिक आयोगका पदाधिकारीको उमेरहद ६५ वर्ष छ।

शैक्षिक प्रमाणपत्रका आधारमा उनले अवकाशको उमेरहद १० महिना बाँकी थियो। उनको अवकाशसँगै माधव बेल्वासे आयोगको कार्यवाहक अध्यक्ष बनेका छन्। 

सुझावित समाचार