नापी कार्यालय चाबहिलका कर्मचारी घुससहित पक्राउ

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

नापी कार्यालय, चाबहिल २ नं नापी टोलीका अमिन टोपजंग खत्री घुससहित पक्राउ परेका छन्। जग्गा हाल साबिक गरी जग्गाधनी पुर्जा बनाइदिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग उनले ६० हजार घुस लिएका हुन्। 

 अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनलाई मंगलबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारीस्थित कार्यालय परिसरबाट पक्राउ गरेको हो। 

सुझावित समाचार